काठमाडौँ । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो । गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो ।
सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो । बाघको गणना चैतसम्म चल्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुन लागेको हो । मुलुकभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन् ।
प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार

