२०८२ पुष ३ गते बिहिवार | 2025 December 18th Thursday

काठमाडौं बल्खुमा भी`षण दुर्घटना : २६ वर्षीया मृ`तक युवतीको पहिचान खुल्यो

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपाने गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि वयोदा अस्पताल बल्खु लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस