२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जब बालेनलाई ८ करोडको गाडीबारे सोधियो, के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको कोशी प्रदेश भ्रमणमा प्रयोग भएको महँगो गाडीलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। चुनावी प्रचारका क्रममा करिब ८ करोड मूल्य पर्ने गाडी प्रयोग गरिएको भन्दै प्रश्न उठाइएको हो।

आइतबार सञ्चारकर्मीहरूले सो गाडीबारे प्रश्न गर्दा बालेनले कुनै प्रतिक्रिया नदिई मौन रहँदै अघि बढे। त्यसपछि उनका स्वकीय सचिव तथा रास्वपा नेता भूपदेव शाहले गाडीको बचाउ गरेका छन्।

शाहका अनुसार उक्त गाडी खरिद वा उपहारमा आएको नभई भाडामा लिइएको हो। उनले यो लजिस्टिक व्यवस्थापनको हिस्सा मात्र भएको र कुनै व्यापारिक स्वार्थ वा सम्झौता नरहेको स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ माघ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस