२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

खोटाङमा २३ वर्षीया स्वास्थ्यकर्मी आफ्नै डेरामा मृत फेला, कसको छ कनेक्शन ?

खोटाङ। बिरामीको उपचार सेवामा खटिएकी एक युवा स्वास्थ्यकर्मी आफ्नै डेरामा मृत फेला परेकी छन्। खोटाङको बराहपोखरी–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत बझाङकी २३ वर्षीया अनिशाकुमारी धामी सोमबार बिहानदेखि बाहिर ननिस्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएकी हुन्।

धामी सोही वडाकी मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनको कोठाको ढोका भित्रैबाट बन्द थियो। घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

हिजोसम्म बिरामीको उपचारमा सक्रिय रहेकी एक युवती आज निःशब्द अवस्थामा भेटिनु स्थानीयवासी, सहकर्मी र उनलाई चिन्नेहरूका लागि स्तब्ध र पीडादायी घटना बनेको छ। युवावस्थामै भएको अनिशाको निधनले स्वास्थ्य क्षेत्रमा गहिरो शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ। आइतबार बिहानदेखि बाहिर ननिस्किएपछि खबर गरिएका धामीको मृत्युले गाउँमा शोक र प्रश्न दुवै उत्पन्न भएको छ।

 

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस