२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

पेट्रोल, डिजेल र एलपी ग्यासको भारी दरमा मूल्य घट्यो

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। मंगलबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा र एलपी ग्यासमा पनि मूल्य घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवामा ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस