२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

डडेल्धुरामा बोलेरो जिप ४ सय मिटर तल खस्यो, मृतकको संख्या बढ्यो

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप करिब ४ सय मिटर तल खसेको थियो।

मृतकमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीय हनु लोथ्याल रहेका छन्। घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल–१ की ३५ वर्षीया सरस्वती लोथ्याल र चालक बैतडी डिलासैनी–२ का अमृत घरेडी रहेका छन्। उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस