काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य २ लाख ८२ हजार १ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य वृद्धि भएको जानकारी दिएको छ।
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार

