२०८३ साउन ५ गते मङ्गलवार | 2026 July 21st Tuesday

२४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस