काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको बा५च ३०३८ नम्बरको गाडीबाट एक पुरुषको शव फेला परेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार उक्त गाडी नबिल बैंकको नाममा दर्ता भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार

