२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

फेरि ठूलो माछा पक्राउ, सुधन-बालेनको ताकेता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका व्यावसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बुधबार डिल्लीबजारबाट अग्रवाललाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

उनका विरुद्धको मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। पक्राउ परेका अग्रवाललाई सीआईबीले अदालतमा उपस्थित गराएको छ। अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो । शंकरलालका छोरा शुलभ अग्रवाल हाल सोही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । शंकरलाल अदालत हाजिर नभएपछि फरार भएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपशमशेर राणाले जानकारी दिए । व्यवसायी दीपक भट्टसित अग्रवाल परिवार जोडिएका थिए ।

हाल भट्टसमेत थुनामा छन् । यसअघि समेत शंकरलाल पक्राउ परेका थिए । तर, उनी हाजिरी जमानीमा छुटेका थिए । शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । अदालतले हाजिरी जमानीमा छोडेपनि उनी अदालत नआएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले नै गृह प्रशासन मातहतका निकायमा चासो राखेका थिए ।

 

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस