२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

झापामा बोर्डिङ स्कुलमा शिक्षिकाको श`व, श्रीमान् सम्पर्कविहीन

भद्रपुर । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा सर्लाहीकी २९ वर्षीया शिक्षिका कविताकुमारी ढुङ्गाना मृ`त अवस्थामा फेला परेकी छन्। उनी श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरमै बस्दै आएकी थिइन्।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। उनीहरूको कोठा बाहिरबाट ताला लागेको थियो। बेलुका करिब ४ः३० बजे गुप्ताले वाट्सएपमा सन्देश पठाउँदै श्रीमती झु`न्डिएको अवस्थामा भेटिएको, आफूले अर्को कोठामा सारेको र ड`रका कारण भागेको उल्लेख गरेका थिए।
त्यसपछि उनी सम्पर्कविहीन बनेका छन्। स्थानीयवासीले आइतबार साँझ गुप्तालाई दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखेका थिए। त्यसयता उनी फरार छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको, श`व परीक्षणसहित सबै पक्षबाट छानबिन अघि बढाइएको र सम्पर्कविहीन श्रीमान्को खोजी तीव्र पारिएको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस