२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

देशभर सरकारी छुटमा सुपथ पसल सुरु हुने, सिंहदरबार भित्रपनि पसल

Concession shops targeted at festivals will be operational from October 7th
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव अवसरमा बिहीबारदेखि सिंहदरबार परिसरमै नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उक्त बिक्री कक्षको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
कम्पनीले देशभरका ४४ जिल्लामा १९३ स्थानमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्दै उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीमा प्रतिकिलो वा प्रतिलिटर ५ रुपैयाँ छुट दिनेछ।
सिंहदरबारमा खुल्ने बिक्री कक्षमा चामल, दाल, तेल, चिनी, नुनसँगै चिनो, कागुनो, फापर, सिमी जस्ता पौष्टिक अन्न पनि उपलब्ध हुनेछन्। कम्पनीले यस कदमले उपभोक्तालाई दैनिक जीवनमा राहत दिलाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस