२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

Nepalis Lose NPR 53,300 per Tola in Gold within 3 Days, How Much in Silver ?

काठमाडौं । नेपाली बजारमा केही दिनयता लगातार सुनको मूल्य बढिरहेको छ । गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य आइतबार (भदौ ७) प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।गत शुक्रबार ३ हजार ३०० रुपैयाँले वृद्धि भएर सुनको मूल्य ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको थियो । अघिल्लो दिन बिहीबार सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, दुई दिन उकालो लागेको चाँदीको मूल्य आइतबार भने सामान्य रुपमा घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा झरेको छ । गत शुक्रबार तोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको चाँदीको मूल्य बिहीबार २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस