२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बाढीले बगाएको शवबाट सुन तान्ने दुई जना प्रहरीद्वारा पक्राउ

चितवन – सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा बाढीले बगाएर ल्याएको मृञतकको शञवबाट कानको सुनको मुन्द्रा तानिरहेको दृश्य देखिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

चितवन प्रहरीले भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विपद्को संवेदनशील घडीमा यस्तो घिनौना र अमानवीय गतिविधि गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको छ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका- १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका-५ चाँदबेला घर भई भरतपुर-२ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।

 

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस