२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

भारतले भन्यो नेपालमा टनेल रेस्क्यु टिम र बेलिब्रिज पठाउँदैछौं

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा नेपाललाई सहयोगस्वरूप ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी भएको बताएका छन्। यसअघि आवश्यक सामग्रीबारे जानकारी लिन रेक्की टिम पठाइने र स्वास्थ्यकर्मीको टोली पनि नेपाल आउने उनले जानकारी दिए।

भारतले नेपालमै रहेको बेलिब्रिज प्रयोग गर्न सकिने उल्लेख गर्दै, नेपालले भारत र चीनलाई ४२ वटा बेलिब्रिज पठाइदिन आग्रह गरेको पत्र पठाएको पुष्टि गरेको छ। त्यस्तै, भारतले नेसनल डिजास्टर रेस्पोन्स फोर्सका उद्धारकर्तालाई पठाउने प्रस्ताव गरेको छ, जसबारे नेपाल सरकारको जवाफको प्रतीक्षा भइरहेको छ।

जैसवालका अनुसार शुक्रबार साँझसम्म करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाडौं पठाउने तयारी भइरहेको छ। यसैबीच, नेपालबाट उद्धार गरिएका २१ जना तमिलनाडुका नागरिक दिल्ली ओर्लिएको जानकारी पनि उनले दिएका छन्।

 

प्रकाशित मिति : २०८३ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस