२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

पोखरामा सडकको भेलले आमा–छोरीको ज्यान लियो !

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–३० ढुंगेपाटनमा शुक्रबार साँझ आएको सडकको भेलले २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीको मृत्यु भएको छ।

सुष्मा रानीलाई लिएर ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटादेखि पृथ्वीचोकतर्फ जाँदै गर्दा अचानक आएको भेलले बालिका रानीलाई नालीमा पुर्‍यायो। छोरीलाई बचाउन नालीमा पुगेकी आमा सुष्मा पनि भेलसँगै करिब दुई किलोमिटर तल बिरौटासम्म बगाइन्।

प्रहरीले पोखरा–१७ बिरौटास्थित नहरकुलोबाट अचेत अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्‍याए पनि उपचारका क्रममा आमा सुष्माको शुक्रबार राति र छोरी रानीको शनिबार बिहान मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

 

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस