२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

भोटेकोशीमा अझै ठूलो बाढीको उच्च जोखिम : ताल फुट्ने खतरा, सतर्क रहन महाशाखाको आग्रह !

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारकर्मीलाई सतर्क रहन आग्रह गरेको छ।

बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना र भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणले १० भदौमा बाढी आएको स्थानमा बनेको ताल विस्तार हुँदै गएको देखिएको छ। ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो र गेग्रान बगेर तल्लो क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको उनले बताए।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली किनार तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। हाल नदीको बहाव सतर्कता तहभन्दा तल भए पनि ताल फुट्ने सम्भावनाले खतरा कायमै रहेको चेतावनी दिइएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस