२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

गुगलले थाल्यो नेपालमा आपतकालीन सेवा : बाढी जोखिममा अब छिटो सूचना !

काठमाडौं – विश्वप्रसिद्ध सर्च इन्जिन गुगलले नेपालमा बाढी तथा प्राकृतिक विपद्को बेला नागरिकलाई छिटो सूचना दिन ‘आपतकालीन सूचना सेवा’ सुरु गरेको छ।

यो सेवा सञ्चालनमा आएपछि बाढी वा अन्य विपद्को जोखिम हुँदा गुगलको गृहपृष्ठमा “Nepal Flash Flood Emergency Info and Updates” नामको लिङ्क देखिनेछ। उक्त लिङ्कमार्फत प्रयोगकर्ताले विपद्ग्रस्त क्षेत्रको नक्सा, बाढी अलर्ट तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू एकै ठाउँमा हेर्न सक्नेछन्।

महाशाखाले विश्वास व्यक्त गरेको छ कि यो सेवा आपतकालीन अवस्थामा नागरिकलाई सचेत गराउन र सही सूचना प्रवाह गर्न प्रभावकारी हुनेछ।

 

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस