२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

आज एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, मूल्य कति ?

gold price

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा धेरै गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ९ सय ६५ रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस