२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

भारत असल मित्र साबित, विमानमै पुल र प्राविधिक पठायो

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि भारतले मानवीय सहायतास्वरूप चौथोपटक राहत सामग्री पठाएको छ। ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यसपटकको सहयोगमा खोज तथा उद्धारका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली र डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोली नेपाल आएका छन्।

यसबाहेक प्रभावितहरूका लागि कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटहरू पनि उपलब्ध गराइएको छ। त्यसैगरी, अवरुद्ध यातायात सञ्चालनका लागि थप २३० फिट सिंगल लेन मोड्युलर स्टिल पुलका उपकरण बोकेका १६ वटा ट्रकहरू पनि नेपाल आइपुगेका छन् । बाढीले क्षति पुर्‍याएका स्थानमा पुनर्निर्माण र आवागमन सहज बनाउन थप सातवटा बेली ब्रिजका उपकरण र प्राविधिक टोलीसमेत पाइएको मन्त्रालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस