२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा जरुरी – मन्त्री गौतम

Sobita
काठमाडौं – कानुनमन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्र अन्त्य गरी नेपाललाई विपद् सहन सक्ने देश बनाउनुपर्ने बताएकी छन्। फेसबुकमार्फत उनले लेखेकी छन्, “अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ।”
उनले जुरे पहिरो, २०७२ को भूकम्प, मेलम्ची–इन्द्रावती बाढी, सुनकोशी–रोशी खोलाको बाढी, सोलुखुम्बु र जाजरकोट भूकम्पलगायतका घटनाले नेपाललाई ठूलो क्षति पुर्याएको स्मरण गर्दै विकाससम्बन्धी कानुन, नीति, योजना र पूर्वाधारमा विपद् तथा जलवायु उत्थानशीलतालाई आधारभूत सिद्धान्त बनाउनुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस