काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा ३१ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३०० मा झरेको छ ।
गत शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४०० मा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ तोला कायम भएको छ । शुक्रबार प्रतितोला ४ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार

