२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

आज सुनचाँदी दुवैको मूल्य बढ्यो

gold price

काठमाडौं । आज मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँ र चाँदी तोलाको १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस