मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य चार हजार ३९५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य चार हजार ५१० कायम थियो ।
प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार

