२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

आज सुनचाँदी दुवैको मूल्यमा यसरी बढ्यो

gold price

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ४४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस