गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान लेदोसहितको भीषण बा`ढी आउँदा उत्तरी भेगका सल्लेरी, बगर, घट्टेखोला लगायत क्षेत्रमा ठूलो क्ष`ति भएको छ। हालसम्म ३५ भन्दा ब`ढी घर ब`गेको अनुमान गरिएको छ भने चुरीको पहिरोका कारण चुम्चेतका पाँच गोठ सम्पर्कविहीन भएका छन्।
बा`ढीले सल्लेरीस्थित निर्माणाधीन हाइड्रो आयोजना, मान्वु–सोती मोटरेबल पुल, नाग्चेत–सिर्दिवास, माछाखोला–केरौजा जोड्ने झोलुङ्गे पुल तथा सोतीको फलामे पक्की पुल समेत बगाएको छ।
बा`ढीको त्रासले स्थानीयहरू घर छाडेर सुरक्षित स्थानतर्फ उक्लिएका छन्। स्थानीयले जन्मेदेखि अहिलेसम्म यस्तो बा`ढी नदेखेको बताउँदै केही समय रोकिने र फेरि एक्कासी बा`ढी आउने क्रम जारी रहेको बताएका छन्। पहिरोले थुनिएको स्यार खोला एक्कासी खुलेपछि बुढीगण्डकीमा बा`ढी आएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ भने हालसम्म मानवीय क्षतिको खबर प्राप्त भएको छैन।
प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार

