२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

माया गजमेरले जितिन् ब्युटीसियन नेपाल २०२३ को ताज, शान लिम्बु फस्ट र प्रतिसा कटुवाल सेकेन्ड रनरअप

काठमाडौं । यसपालीको ब्युटीसियन नेपाल शनिवार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज द्वारा आयोजित सो कार्यक्रममा झापा दमककी माया गजमेरले बिजेता को ताज पहिरिन सफल भएकी छन्। त्यस्तै गरी फस्ट रनरअपमा शान लिम्बु तथा सेकेन्ड रनरअपमा प्रतिसा कटुवालले आफ्नो उपाधी सुरक्षित गरेकी छिन। ब्यूटिसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीता हो ।

कार्यक्रममा सिप सम्बन्धि विविध विद्या तथा अन्य बिद्यागत तर्फ सबटाइटलहरु पनि वितरण गरिएको थियो। सबटाइटल तर्फ बिजेता माया गजमेरले मोस्ट स्मार्ट, फस्ट रनरअप शान लिम्बुले बेस्ट नेल आर्ट र सेकेन्ड रनरअप प्रतिसा कटुवालले मोस्ट चार्मिंगका साथै मोस्ट पपुलर अवार्ड जितेकी छिन। साथै बेस्ट ब्राइडल शान लिम्बु , उषा कुमारी बेस्ट जुरो विनर, सन्जना कर्माचार्य वेस्ट मेहन्दी आर्ट विनर, गीतान्जली गौतम बेस्ट फोटोजेनिक र बेस्ट मोडल मेक-अप विनर, मन्जु आङदेम्वे मोस्ट एट्राक्टिभ, संगम बज्ज्राचार्य मोस्ट कन्फिडेन्ट, मन्जु लिम्बु बेस्ट पर्सनालिटी, उषा रिमाल बेस्ट डिसीप्लीन, सिमा थिङ मोस्ट डिलिजेंट, महालक्ष्मी दर्लामी मोस्ट इनर्जेटिक, बिमला श्रेष्ठ मोस्ट प्लिजेन्ट र पब्लिक चोइस भिडियो अवार्ड तर्फ स्मिता उप्रेती रहेकी छिन।

अवार्ड विजेता कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ को प्रमुख आतिथ्य रहेको थियो भने उहालाई विशेष सम्मान प्रदान गरिएको थियो। कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा. रेखा थापा, नायक तथा मोडल प्रज्वल गिरि , ब्यूटिसियन नेपाल – 2019 एवं सौन्दर्यकर्मी हेमा पुन मगर, मिसेस ग्लोबल नेपाल 2023 लक्की शेर्पा तथा मिसेस हिमालयन नेपाल 2022 र फेसन डिजाइनर समेत रहेकी सुशिला तामाङ निर्णायक रहेको कार्यक्रममा स्पार्कल आर्ट एकेडेमीले आर्किषक नृत्य प्रस्तुत गरेको थियो।

सौन्दर्यकर्मीहरु जहिले पनि पर्दा पछाडी रहेर काम गर्नुपर्छ भन्ने मान्यता परिवर्तन गर्ने एवं सौन्दर्यकर्मीहरुमा निहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस