२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भगवान रामकथामा आधारित फिल्म आदिपुरुष प्रदर्शन हुने प्रत्येक हलमा एक सिट हनुमानका लागि छुट्याइने

film adipurush lord hanuman

काठमाडौं । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ ले फिल्म प्रदर्शन हुने प्रत्येक हलमा एक सिट खाली राख्ने भएको छ। रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म बन्ने घोषणा भएदेखि नै चर्चामा थियो। कतिले निर्माताको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन् भने धेरैले यसलाई फिल्मको प्रमोसनको रुपमा हेरिरहेका छन्। फिल्म आदिपुरुषु जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस