२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अभिनेत्री स्वस्तिमा खडकाले भनिन् – मेरो तस्बिरका कुरा संसदमा कुरा उठाउनु पर्‍यो !

काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । आफनो फेसबुक वालमा ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका छन् । धेरैले उनको तस्बिर हेरर विभिन्र खाले प्रतिक्रिया दिइरहेका छन्

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्बिर हेरेर प्रतिक्रिया दिए, ‘हलिउड छ त’ जवाफमा खड्काले लेखेकी छिन, ‘यो कुरा सदनमा उठाउनु पर्यो ।’

सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता बिपिन कार्कीले भने, ‘आम्मामा‘!’ अभिनेत्री दिपाश्री निरौलाले भनिन, ‘भेरी इम्प्रेसिभ ल’ फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले तस्विरमा लेखेकी छिन, ‘ओमजी भूकम्प आएको भन्दा कडा आयो ।’

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस