२०८३ साउन ३ गते आइतवार | 2026 July 19th Sunday

साउदीस्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ।

बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको हो।

अलजजिराका अनुसार बुधबार दूतावासको भवननजिकै कार रोकेका एक व्यक्ति बन्दुकसहित कारबाट ओर्लिएका थिए।

त्यसपछि नजिकै रहेका सुरक्षागार्डहरूले उनलाई रोक्ने क्रममा दोहोरो फायरिङ भएको थियो। दोहोरो फायरिङमा बन्दुकधारीको मृत्यु भएको थियो भने नेपाली सुरक्षागार्ड गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको अरब न्युजले उल्लेख गरेको छ।

मृत्यु हुने नेपाली सुरक्षागार्डको परिचय खुलेको छैन। साउदी प्रेस एजेन्सीका अनुसार उनी महावाणिज्यदूतका निजी सुरक्षा सहयोगीमध्येका एक हुन्।

घटनाबारे अनुसन्धान भइरहेको साउदी प्रहरीलाई उदृध गर्दै अलजजिराले जनाएको छ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस