२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

एउटाले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रुपमा विकास हुनुपर्ने बताएका छन् । व्यंग्यकवि शैलेन्द्र सिम्खडाले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रवार ललितपुरमा अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा दिएको सम्मान ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठूलो कुरा भएको बताए। उनले बाहिर बसेका मानिसलाई व्यंग्य गरेर कुनै फाइदा नभएको बताए ।

आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए। यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै शुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रुपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने बताए । अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा व्यंग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि बैरागी नेपाललाई सम्मान गरे ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस