२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री कथा वाचनका लागि नवलपरासीको शाश्वतधाम पुग्नुभएको छ । उहाँले आज आइतबारदेखि सोमबारसम्म शास्वतधाममा हनुमन्थ कथा वाचन गर्दै हुनुहुन्छ ।

चौधरी ग्रुपका वरुण चौधरीको निमन्त्रणमा शुक्रवार काठमाडौँ आउनुभएका उहाँले शुक्रवारै पशुपतिनाथ मन्दिर क्षेत्रमा पुगेर दर्शन गर्नुभयो । उहाँ पशुपति क्षेत्रमा पुग्दा उहाँलाई हेर्न हजारौँको भिड लागेको थियो। विशेष सुरक्षा घेरामा उहाँलाई पशुपतिको भिड छिचोल्न हम्मे परेको थियो।

शनिवारसम्मको काठमाडौँ बसाइमा केही राजनीतिक भेटघाटको कार्यक्रम मिलाइएको थियो। गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले होटेल भिभान्तामा गएर उहाँलाई भेट गर्नुभयो । कलाकारहरू लगायत नेताहरूको समेत बाक्लो उपस्थित थियो भिभान्तामा।

शनिवार राष्ट्रपति र प्रधानमन्त्रीसँग उहाँको भेट गराउने प्रयास भए पनि कार्य व्यस्तता भन्दै समय नमिलेपछि उहाँ शनिवार शास्वतधाम पुग्नुभयो । उहाँले शुक्रवारै काठमाडौँमा समेत प्रवचन दिनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस