२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भक्तजनको सुरक्षाका लागि पशुपति मन्दिर परिसरमा ३ हजार प्रहरी परिचालन

काठमाडौं । हरितालिका (तीज) को सुरक्षा व्यवस्थाका लागि काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा तीन हजार सुरक्षाकर्मी परिचालन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार भक्तजनको सुरक्षाको लागि पशुपति मन्दिर परिसरमा २ हजार ९६६ जना सुरक्षाकर्मी परिचालन भएका हुन।

यसरी खटिनेमा महिला प्रहरीको सङ्ख्या ६ सय ३० छ। प्रति सिफ्टमा १ हजार ४८३ जनाका दरले प्रहरी सुरक्षामा खटिने व्यवस्था मिलाइएको छ। पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा तीज पर्व सम्पन्न नभएसम्मका लागि कमान्ड पोष्टको स्थापना गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले यसको कमान्ड गरिरहनुभएको छ । तीज मनाउने क्रममा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न आग्रहसमेत प्रहरीले सबैमा आग्रह गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस