२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन, विशाल उपस्थिती [ फोटोफिचर ]

काठमाडौं । संसद्‌मा पेस भएको प्रस्तावि शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। माइतीघरमा जम्मा भएर जुलुससहित उनीहरू नयाँ बानेश्वरतर्फ नाराबाजी गर्दै अघि बढेका हुन्। शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ। यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो। सरकारले सोमबार नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको थियो। तर महासंघले वार्ता अस्वीकार गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस