२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

प्रदर्शनमा एकलाखभन्दा बढी शिक्षक जम्मा भएको दाबी, देशभरको पठनपाठन प्रभावित

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनले देशभरको पठनपाठनमा प्रभावित भएको छ। महासंघले आजदेखि विद्यालय बन्द आह्वान गरेर काठमाडौं माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेको छ। शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले एक लाखभन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिनुभयो । अधिकांश शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा होमिएको उहाँहरुको भनाई छ ।

सम्बन्धित स्थानीय तहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि शिक्षकहरू मान्न तयार हुनुभएन । ‘स्थानीय तहले भन्दैमा हामी मान्नुपर्ने हो, हामी मान्दैनौँ, हाम्रो हकहितका लागि लड्न पाउँछौँ,’महासचिव सुवेदीले भन्नुभयो । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गरेर मागहरू सम्बोधन गरिनुपर्ने उहाँहरूको माग छ। यतिखेर माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म प्रर्दशनमा होमिनुभएका शिक्षकहरुको लाइन छ । सरकारले वार्तामा बोलाए पनि उहाँहरू सहभागी हुनुभएन ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस