२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सोमपाल कामीले पहिलो बलमा नै माल्दिभ्सका अजीन रफीकलाई बोल्ड गराए

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा माल्दिभ्सविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो पारीको  शुरुवातमा नै सफलता प्राप्त भएको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भइरहेको खेलमा सोमपाल कामीले पहिलो बलमा नै माल्दिभ्सका अजीन रफीकलाई बोल्ड आउट गराए । नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

 

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस