२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

‘मबाट गल्ती भयो, अब दोहोरिँदैन’ भनेपछि विवादास्‍पद ‘धर्मगुरू’ धरौटीमा छुटे

काठमाडौं, असोज १८ । धार्मिक तथा सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरू आचार्य श्रीनिवास धरौटीमा छुटेका छन्। बिहीबार उनले जिल्ला प्रशासन कार्यालय धनुषामा ५०० रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन आवले जनाकारी दिए।

‘श्रीनिवासले मबाट गल्ती भयो, अबबाट यस्तो गल्ती दोहोरिँदैन भनेपछि धरौटीमा छोडिएको हो,’ डिएसपी आवले भने। सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनलाई मं‌गलबार सुनसरी बराहक्षेत्रको चक्करघट्टीबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी धनुषामा लगिएको थियो।

उनले गत शुक्रबार विश्व हिन्दु परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस