२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

लिटील स्टार हन्ट नेपाल २०२३ को उपाधि जुनियरमा इभान्सी र यथार्थ : सिनियरमा जिज्ञासा र रियाजको जित

काठमाडौं । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता जित लिटील स्टार हन्ट नेपाल २०२३ मा इभान्सी पौडेल र यथार्थ इभान्सी शाही ठकुरी जुनियर लिटील स्टार हन्ट नेपाल २०२३ तथा जिज्ञासा शाही ठकुरी र रियाज आले मगर सिनियर लिटील स्टार हन्ट नेपाल २०२३ भएका छन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न लिटील स्टार हन्ट नेपाल २०२३ को जुनियरतर्पm इभाना शर्मा र व्रिसभध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भएका छन्। कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको सिनियरतर्पm संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन्। रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा प्रमूख उपउपाधिका साथ अन्य विभिन्न उप उपाधि विजेता पनि चयन गरिएको थियो ।

बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिबृद्धीका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुप प्रालिका अध्यक्ष लभिन अन्सारीले जानकारी गराए। प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायक रहेका थिए ।

 

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस