२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

एकदिवसीय विश्वकपमा पाकिस्तानविरुद्व अस्ट्रेलियाले ब्याटिङ थाल्यो : कसको मार्ला बाजी ?

australia vs pakistan Live

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलिया र पाकिस्तानबीचको खेल सुरु भएको छ । बैंगलोरको एम चिन्नसावामी स्टेडियममा सुरु भएको खेलमा अस्ट्रेलियाले ब्याटिङ सुरु गरेको छ । मिचेल मार्स र डेभिड वार्नरको ओपनिङ जोडी क्रिजमा छ । यसअघि अस्ट्रेलियाविरुद्ध पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

अस्ट्रेलिया प्रतियोगिताको चौंथो खेलमा दोस्रो जितको प्रयासमा मैदानमा हुँदा पाकिस्तान तेस्रो जितको लक्ष्यमा रहेको छ। अस्ट्रेलियाले पाकिस्तानलाई हराएमा विश्वकपमा पाकिस्तानको यो लगातार तेस्रो जितका रूपमा रहने छ। यसअघि २०१५ मा भएको विश्वकपमा कंगारु टोलीले ६ विकेटको जित हासिल गरेको थियो। २०१९ मा ४१ रनले अस्ट्रेलियाले पाकिस्तानलाई हराएको थियो।

जारी विश्वकपमा अस्ट्रेलियाले आफ्नो सुरुवाती तीन खेलमा एकमात्र जित हासिल गरेको छ। पाकिस्तानले भने एकमा जित र एकमा हार भोगेको छ। अस्ट्रेलिया भारतसँग ६ विकेट र दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित हुँदा श्रीलंकालाई भने ५ विकेटले जित्न सफल भएको छ। पाकिस्तानले भने नेदरल्यान्ड्स र श्रीलंकालाई हराउँदा भारतसँग भने ७ विकेटले पराजित भएको थियो।

समग्रमा अस्ट्रेलिया र पाकिस्तानबीच १०७ एकदिवसीय खेल भएका छन्। अस्ट्रेलियाले ६९ पटक जित हासिल गर्दा पाकिस्तानले ३४ खेलमा जित निकालेको छ। तीन खेल बिना नतिजा सकिएको छ। एकदिवसीय विश्वकपमा अहिलेसम्म दुई टिमबीच १० खेल भएको छ। ६ खेलमा अस्ट्रेलिया र ४ खेलमा पाकिस्तान विजयी भएका छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस