२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बर्षा रोकिएकाले नेपाल यूएईबीचको फाइनल खेल सुरु गर्न आयो आदेश

As the rain stopped the order came to start the final match between Nepal and UAE

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गतको नेपाल र यूएईबीचको बर्षाका कारण रोकिएको खेल सुरु भएको छ । बर्षा रोकिएपछि क्रिकेट एम्पायरले पीचमा ढाकिएको पाल हटाएर खेल सुरु गर्न आदेश दिएका छन् । ग्राउण्ड स्टाफले पाल हटाएका छन् । फाइनल खेलमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित ५० ओभरको समाप्तिमा ८ विकेटको क्षति ब्यहोर्दै २८० बनाएको थियो । अहिले यूएई जवाफी ब्याटिङमा छ । खेल बर्षाले रोकिनुअघि यूएईले ११ ओभरको समाप्तिमा २ विकेट गुमाएर मात्र ५० रन जोडेको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस