२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बिहान उठ्ने बित्तिकै जितको प्रार्थना गरेको थिए, आफूलाई भाग्यमानी महशुस गरिरहेको छु : कप्तान रोहित

prayed for victory - Captain Rohit Paudel

काठमाडौं । नेपाली टोलीका कप्तान रोहित पौडेलले आज बिहान उठ्ने बित्तिकै आफूले जितको प्रार्थना गरेको प्रतिक्रिया दिएका छन् । आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले बिहान उठ्ने बित्तिकै आफूले जितको प्रार्थना गरेको बताएका हुन्।

पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन्। विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस