काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले प्लेइङ ११ मा परिवर्तन गरेको छ। अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई आराम दिइएको छ। उनको ठाउँमा सन्दीप जोरालाई मौका दिइएको छ। ओपनरको रुपमा कुशल भुर्तेल र आसिफ शेख ब्याटिङमा उत्रिएका छन् ।
खुट्टामा चोट लागेर घाइते भए पनि युएई विरुद्धको निर्णायक खेलमा टोलीमा समावेश भएका ऐरीलाई फाइलनमा भने आराम दिइएको छ। नेपालले अन्य भने परिर्वतन गरेको छैन। ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख नै छन् भने बलिङमा करण केसी, सन्दिप लामिछाने, अविनाश बोहरा, सोमपाल कामी र गुलशन झा छन्।
नेपालको प्लेइङ–११ः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र सन्दीप लामिछाने।
प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार

