२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

खेल बराबरीमा सकिएपछि फुटबल मैदानमै कुटिए रेफ्री

काठमाडौं । टर्कीको राजधानी अंकारा सहरमा भएको फुटबल खेलमा रेफ्रीमाथि कुटपिट भएपछि लिगका सबै खेल स्थगित भएका छन् । आज जयकुर रिजेस्पोर र एमकेई अंकारागुकु क्लबबीचको खेल बराबरीमा सकिएको थियो । त्यसपछि एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोजा मैदानमा दौडेर रेफ्रीमाथि मुक्का हानेपछि तनाव उत्पन्न भएको हो । त्यसपछि समर्थकहरू पनि मैदानमा आए र रेफ्रीमाथि कुटपिट गर्न थाले । अहिले लिगका अन्य खेलमाथि तत्कालका लागि प्रतिबन्ध लगाइएको छ । जानकारी अनुसार रेफ्री हलिल उमुत मेलर अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस