२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

दुर्व्यवहार आरोपमा ह्वाइट हाउस कलेजका कर्मचारी पक्राउ, छात्राहरूले घेरे बानेश्वर प्रहरी वृत्त

White House College staffer arrested on sexual assault charges

काठमाडौं । तीनकुनेस्थित ह्वाइट हाउस कलेजका एक कर्मचारी छात्राहरूमाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्। परीक्षा चलिरहेका बेला चेकजाँचका नाममा छात्राहरूको संवेदनशील अंगमा हात हालेको र कपाल पनि लुछेको आरोप उनीमाथि लागेको छ।

उक्त कलेजका डीआई कृष्ण नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि बानेश्वर वृत्तले पक्राउ गरेको हो। विद्यार्थीहरूमाथि यौन दुर्व्यहार आरोप लागेका ती कर्मचारी अहिले हिरासतमा छन्। उक्त कलेजमा डिसिप्लिन इन्चार्ज (डीआई) को भूमिकामा रहेका ती कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्त घेराउ गरेका छन्।

 

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस