२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रधानमन्त्री बुहारी अमेरिका पलायन भएको हल्ला चलेपछि…

After rumors spread that Prime Minister daughter in law had fled to America...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले आफू अमेरिका भ्रमणबाट एक महिना अघि नै फर्किएको र अहिले पारिवारिक काममा व्यस्त रहेको बताएकी छन् । केही सञ्चारमाध्यामहरुले त्रिपाठी अमेरिका बसाई सरेको भन्ने समाचार प्रसारण गरेलगत्तै त्रिपाठीले सामाजिक सञ्जालमार्फत आफू अहिले नेपालमै पार्टी र पारिवारिक काममा व्यस्त रहेको बताएकी हुन् ।

उनले भनेकी छन्– ‘युनेस्को क्लब अमेरिकाको निमन्त्रणमा क्यालिफोर्निको लस एन्जेल्समा भएको युवा नेतृत्व सम्मेलनमा सहभागी भएर फर्किएको पनि एक महिना भैसक्यो । अहिले पार्टी र परिवारको काममा व्यस्त छु ।’

उनले केही सञ्चारमाध्यामले विमानस्थलमा खिचिएको पुरानो तस्बिर हालेर अमेरिका बसाई सरेको भन्ने गलत प्रचार गरेको भन्दै गलत सन्देश दिन खोजिएको कुराप्रति आफूहरु सचेत रहेको समेत बताएकी छन् । त्रिपाठीले आफू स्वदेशमै रहने र यहि खटिरहने समेत बताएकी छन् । उनले भनेकी छन्– ‘म सबै सुभेच्छुकसँग सादर निवेदन गर्दछु, म यहीँ छु, यहीँ डटिरहने हो, खटिरहने हो ।’

 

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस