२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ, १० बर्ष जेल वा निर्दोष ?

Sandeep Lamichane

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको छ ।

यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेशी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक पेसी सर्दै आएको छ । पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्ने छ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस