काठमाडौं । यो हामी नेपालीको बाध्यता हो । धन कमाउन विदेश गएका छोरा छोरी कहिले बाकसमा फर्किने हुन् कुनै टुंगो हुन्न । भर्खरै फाल्गुनन्द ५ घुर्बिसे पञ्चमीका जापान नेपालीको कतारबाट र फालेलुङ ८ का नरेन्द्र केरुङको कोरियाबाट शव आएको छ ।
वैदेशिक रोजगारीमा जाने पाँचथरले दुई होनाहार युवाहरु गुमाएको छ । यो त एक जिल्लाको मात्र उदाहरण मात्र हो । कुनै न कुनै दिन वा हप्तामा जहिलै नेपालीको शव विदेशबाट आइरहेको हुन्छ ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार

