२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रकाशको ‘मुटु कटक्कै’ केही घण्टामा भाइरल, यो पटक कुशुमको बान्कीले लोभ्यायो [ भिडियोसहित ]

Prakash Saput New Song Mutu katakkai Kushal Belbase Pratap Das Kusum Sharma New Song 2080

काठमाडौं । गीतकार तथा गायक प्रकाश सपूतको ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक गरेको केही घण्टामा नै भाइरल भएको छ। गीतमा प्रकाशलाई गायक कुशल बेल्बासे र प्रताप दासले स्वरमा साथ दिएका छन्। प्रेमिल गीतको शब्द र संगीत प्रकाशकै छ। श्यामश्वैत रसायलीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो।

प्रकाशकै कथा र निर्देशन रहेको गीतको भिडियोमा उनी दोहोरो भूमिकामा देखिएका छन्। एक व्यापारी र अर्को गायक। भिडियोमा अन्य कलाकार कुशुम शर्मा, रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, बिशाल घिमिरे र मिलन विश्वकर्माको अभिनय छ। गीत प्रकाशकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यो पटक कुशुम शर्माको बान्की परेको कम्मरले दर्शकलाई लोभ्याएको छ ।

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस