२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गर्यो

Can suspended former captain Sandeep Lamichhane from domestic and international cricket

काठमाडौं । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको बताएको छ। बिहीवार आफ्ना आधिकारिक सामाजिक सञ्जालहरूमा एक विज्ञप्ति प्रकाशन गर्दै सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले फौजदारी मुद्दामा दोषी ठहर भई सजाय समेत निर्धारण भएकाले उनलाई निलम्बन गरिएको बताएका छन्।

काठमाडौं जिल्ला अदालतले गत पौष १३ गते लामिछानेलाई एक बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने बुधवार आठ वर्षको जेल सजाय तोकेको थियो ।

 

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस