२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

डाक्टर बन्न चाहथिन् ‘नेशनल क्रश’ बनिन् मेधा शंकर

Medha Shankar, who wanted to become a doctor, now became a 'national crush'

काठमाडौं । विधु विनोद चोपडा निर्देशित फिल्म ‘ट्वील फेल्थ’ ले निकै चर्चा बटुल्यो। फिल्मको कथाले दर्शकको मन जित्न सफल भएको छ। फिल्ममा विक्रान्त मेसीको संघर्षदेखि मेधा शंकरको अभिनयलाई रूचाइएको छ। फिल्ममा निभाएको श्रद्धा जोशीको अभिनयले दर्शक रमाएका छन्। सोहीकारण उनी रातारात भाइरल भएकी छन्।

उनको नाम अहिले जताजतै चुलिरहेको छ। फिल्ममा उत्कृष्ट अभिनयको कारण अभिनेत्रीले सबैलाई प्रभावित गरेकी छिन्। यति मात्र होइन, मेधा शंकरको सुन्दरताले पनि फ्यानहरूको मन जितेको छ। फिल्म ‘ट्वील फेल्थ’ ओटीटीमा रिलिज भएदेखि नै मेधा शंकरको नाम जताततै छाएको छ।

ओटीटीमा फ्यानहरूको सकारात्मक प्रतिक्रियाका कारण मेधा शंकरका इन्स्टाग्राम फलोअर्सहरूको संख्या पनि बढिरहेको छ। निर्देशक विधु विनोद चोपडाद्वारा निर्देशित फिल्म १२–दिसेम्बर ओटीटीमा रिलिज भएको थियो। सिनेमाघरहरूमा विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा राम्रो प्रतिक्रिया पाएको छ, जसका कारण मेधाको नाम यस समयमा लगातार हेडलाइन बनिरहेको छ। तृप्ति डिमरीपछि अब ‘नेशनल क्रश’ बनिरहेकी छिन् मेधा। तर एक फिल्मबाट एकाएक चर्चामा आएकी उनको बारेमा बुझ्नका लागि आतुर भइरहेका छन् दर्शकहरू।

‘विथ यू फोर अलवेज’

मेधा शंकर नोएडामा बस्छिन्। उनी एक महाराष्ट्रियन परिवारकी हुन्। मिडिया रिर्पोटस्को अनुसार मेधा भविष्यमा डाक्टर बन्न चाहथिन् तर धेरै शान्त स्वभावकी उनी ग्लामलरमा आकर्षित हुन थालिन्। त्यसपछि उनले विज्ञापनहरूमा काम गर्न थालिन्। अहिले उनी एक गायिका र अभिनेत्री भनेर चिनिन्छन्। यसअघि उनी फिल्म ‘विथ यू फोर अलवेज’ मा देखापरिसकेकी छन्। तर उनले सफलता भने ‘ट्वील फेल्थ’ मा पाइन्।

आईपीएस अधिकारीको कथामा आधारित

गत अक्टोबर २७ मा रिलिज भएको फिल्म अनुराग पाठकको सोही शीर्षकको उपन्यासमा आधारित छ। वास्तविक जीवनका आईपीएस अधिकारी मनोजकुमार शर्मा र आईआरएस अधिकारी श्रद्धा जोशीको यो कथालाई पनि मानिसहरूले उपन्यासको रूपमा मन पराएका थिए। फिल्मको कथालाई दर्शकले निकै रुचाएका छन्। दर्शकहरूले फिल्मलाई सन् २०२३ को उत्कृष्ट फिल्मको ट्याग दिएका छन्। यो फिल्मले आईएमडीबीमा १० मध्ये ९.२ रेटिङ पाएको थियो। यो फिल्मको सफलतापछि बलिउड उद्योगमा विक्रान्त मेसीको चर्चा पनि चुलिएको छ।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस